ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बैंक तथा वित्तीय संस्थाको कारोबारमा देखिएका समस्या

२०७७ असोज, २८  
१० वर्ष अघि
NA


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तार सम्बन्धमा उदार नीति लिएको छ । यसले शाखा विस्तारमा होडबाजी चलेको छ । शाखा विस्तारले ग्रामीण भेगका नागरिकहरूले गुणस्तरीय र सुलभ वित्तीय सुविधा पाउनुपर्ने हो ।

बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख लक्ष्य छरिएर रहेको बचतलाई पुँजीमा परिणत गरी उत्पादनशील क्षेत्रमा लागनी गरी देशको अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउनु हो । नेपालको बैंकिङ प्रणालीले यो लक्ष्यअनुरूप कार्य गर्न सकिरहेको देखिँदैन । संस्थागत संस्कृतिको अभाव, व्यावसायिक व्यक्तित्वको कमी, न्यून जनचेतना, क्षेत्रीय विकासका कार्ययोजनाहरू कार्यान्वयन नहुनु, राजनीतिक स्थिरता, द्वन्द्वकालका जस्ता ध्वंसात्मक प्रवृत्तिहरू हालसम्म पनि देखिनु, नीति निर्माणमा स्थिरता नहुनु आदि समस्या एवं चुनौतीका कारण बैंक तथा वित्तीय संस्थाहरूको सेवामा नकारात्मक प्रभाव परेको छ । यसको प्रत्यक्ष असर सेवा प्राप्त गर्ने आम बचतकर्ता ऋण उपयोगकर्ता र आम लगानीकर्ताहरूमा समेत परेको छ ।

नेपालको वित्तीय परिसूचकांक ताथा वित्तीय सेवा विस्तारको हालको अवस्थालाई सकारात्मक मान्न सकिन्न । विशेषगरी उपभोक्ताहरू, लगानीकर्ता र आमनागरिक वर्गमा परेका प्रभावलाई देहायअनुसार उल्लेख गर्न सकिन्छ–
– गत वर्षको तुलनामा सेयर मूल्यमा आएका अत्यधिक गिरावट,
– अन्य वस्तु तथा सेवाको तुलनामा सेयर विक्री गर्न नसक्नु,
– सेयर कारोबार काठमाडौंमा मात्र केन्द्रित हुनु
– धितोपत्र दलालहरूको संख्यामा कमी आउनु,
– सेयर लगानीकर्ता र विक्रेताहरू सीमित संख्यामा हुनु
– सेयर लगानीकर्ताहरूले सेयरलाई नगदमा परिणत गर्न धेरै समय लाग्नु
– धितोपत्रका क्रेता र विक्रेताहरू सीमित संख्यामा हुनु,


वर्ष ५, अंक ३३, २०६७, वैशाख ६–१२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्