ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रनर मोटरसाइकलमा छुट

२०७७ असोज, २८  
बजार
NA

काठमाडौं (अस) । बंगलादेशी मोटरसाइकल ब्रान्ड रनरले दसैं–तिहारलाई लक्षित गरेर नगद छुटसहितको अफर ल्याएको छ ।

नेपालका लागि रनर मोटरसाइकलको आधिकारिक बिक्रेता रमण मोटर्सले मोटरसाइकल खरिदमा ५१ हजार रुपैयाँ छुट दिने भएको छ । यो अहिलेसम्मकै उत्कृष्ट अफर भएको दाबी कम्पनीको छ । कम्पनीले ६ वर्ष वारेन्टीका साथमा मोटरसाईकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । यो दुई पांग्रे सवारी साधनमा पाइने सबैभन्दा बढी समयको वारेन्टी भएको दाबी कम्पनीले गरेको छ । पुरानो मोटरसाइकल एक्स्चेन्जमा न्यूनतम ३० हजार रुपैयाँ मूल्यांकन पनि दिनेछ । साथै, ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा पाउनेछन् । रमन मोटर्सले अहिले ८० सिसीदेखि २०० सिसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्