ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आईएमईका दुई नयाँ शाखारहित बैंकिङ

२०७७ असोज, २८  
शेयर / बैङ्किङ गतिविधि
NA
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आईएमई बैंकले बाग्लुङको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सन्जाल २ सय २७ पुगेको छ ।

बाग्लुङको जैमिनी नगरपालिका वडा–३ दमेकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा टेकबहादुर कामी र डोटीको शिखर नगरपालिका वडा–९ उच्चाकोटमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा यज्ञराज पन्तलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, एनटीसी, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जलगायतका सेवा लिन सक्ने बैंकले बताएको छ ।

बैंकले हाल ७१ जिल्लामा २ सय ५९ शाखा सञ्जालसहित २ सय ३४ एटिएम, ४३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, २ सय २७ शाखारहित बैंकिङबाट वित्तीय कारोबार गर्दै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्