ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माण शुरु

२०७७ असोज, २८  
वाग्मती प्रदेश
NA

काठमाडौं । तामाकोसी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ ।

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविष्यमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदै छ ।

सोही करिडोरमा १०० मेगावाट क्षमताको तामाकोसीको पाँचौंको निर्माण सुरु हुनै लागेको छ । यस्तै, झन्डै ८८० मेगावाट क्षमताको तामाकोसी तेस्रोलगायत अन्य आयोजनासमेत निकट भविष्यमा निर्माणमा जाने तयारी छन् ।     

निजी क्षेत्रले निर्माण सम्पन्न गरेका र निर्माणमा जान लागेका आयोजनाको संख्या झन्डै एक दर्जनको हाराहारी रहेको छ । माथिल्लो तामाकोसीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटीय क्षेत्रमा समेत थप दुई आयोजना अध्ययनको क्रममा छन् ।

त्यस्तै, दोलखा र रामेछापमा पनि अन्य आयोजना निर्माणाधीन तथा निर्माणमा जाने तयारी छन् । ती सबै आयोजनाबाट उत्पादित हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणाली जोडेर बढी माग हुने क्षेत्रमा पु¥याउनका लागि सबैभन्दा महत्वपूर्ण प्रसारण लाइन हो ।  माथिल्लो तामाकोसीबाट उत्पादन हुने विद्युत् रामेछापको न्यू खिम्ती सवस्टेसनबाट सिन्धुली, महोत्तरी हुँदै धनुषाको ढल्केबरमा पु¥याएर मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । प्रसारण लाइन तथा अन्य संरचनाको अभावमा विद्युत् घुमाउनु परेको छ । यही अवस्थालाई दृष्टिगत गरेर सरकारले ४०० केभी क्षमताको तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण तथा एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न थालिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्