ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपालीको संख्या बढ्यो

२०७७ असोज, २८  
वाग्मती प्रदेश
NA

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपाली जनशक्ति उल्लेख्य बढेको बताएका छन् । सडक कालोपत्र गर्ने काममा भारतीय तथा तेस्रो देशका मजदूरले मात्रै काम गर्ने गरेको भन्दै मन्त्री फुँयालले पछिल्ला दिनमा नेपाली सडकमा स्वदेशकै जनशक्तिको संख्या बढ्दै गएको बताएका हुन् ।

अन्यत्र गएर विभिन्न प्रकारका मजदुरी गर्ने नेपाली कोरोना कहरका कारण थन्किएको अवस्थामा पूर्वाधार निर्माणका क्षेत्रमा थुप्रै जनशक्ति परिचालन गरिएको मन्त्री फुँयालले बताए । केही दिनपहिले मात्रै शिलान्यास गरिएको काभ्रेका सडकमा नेपाली महिला मजदूरले काम गरिरहेका देखिएको र हेटौंडा–काठमाडौंका सडकमा समेत महिला–पुरुषले संयुक्त रूपमा काम गरिरहेको उनको भनाइ छ ।

नेपालमा हुने विभिन्न काममा नेपाली जनशक्ति प्रयोग गर्न सकिए भने पनि बेरोजगारी समस्या समाधान हुने तथा विदेशिएका जनशक्तिलाई स्वदेशमै स्थापित गराउन सकिने धारणा उनले राखे । अटोमोबाइलको क्षेत्रमा भने अझै पनि नेपाली मिस्त्री तथा मजदूरको अभाव रहेकाले सरकारले त्यो पूर्ति गर्न विशेष योजना बनाएको उनले बताए । ‘मन्त्रालयले अटोभिलेजको निर्माण गर्ने र इच्छुक महिला–पुरुषलाई संयुक्त रूपमा अटो मेकानिक्सको तालीम दिने तयारी थालेको छ,’ उनले भने ।   

प्रदेश सरकार स्वदेशी श्रमिकलाई स्वदेशमै रोजगार उपलब्ध गराउन प्रयासरत रहेको उनले बताए । ‘हामीले गर्ने हरेक निर्माणमा बेरोजगारलाई बढीभन्दा बढी रोजगारी उपलब्ध गराउन के गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिएका छौं,’ उनले भने, ‘प्रदेशका हरेक मन्त्रालयका गतिविधि बेरोजगारी समस्या समाधानका लागि हुने गरेका छन् ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्