ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल फाइनान्सले हकप्रद निष्कासनका लागि कात्तिक ६ गते बुक क्लोज गर्ने

२०७७ असोज, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । नेपाल फाइनान्स कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कात्तिक ६ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १२५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बुक क्लोज गर्न लागेको हो ।

कात्तिक ५ गतेसम्म शेयर कायम गर्ने शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन गर्न पाउनेछन् ।  कम्पनीले हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबोट असोज १९ गते स्वीकृति पाएको छ ।  

कम्पनीले १ बरावर १ दशमलव २५(१ : १.२५) अनुपातमा रू.१०० अंकित दरको १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि बोर्डबाट स्वीकृति पाएको हो ।

विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १३ करोड ५८ लाख रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँटपछि रू. ३० करोड ५५ लाख पुग्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्