ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमा बैंकद्वारा १३.६०% लाभांश वितरण गर्ने घोषणा

२०७७ असोज, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । सानिमा बैंकले १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ८० करोड  रहेको छ । १० प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. ९ अर्ब ६८ करोड पुग्नेछ । अघिल्लो आवमा कम्पनीले शेयरधनीलाई  १० प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्