ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शुरु भयो जनरल इन्स्योरेन्स नेपालको शेयर कारोबार 

२०७७ असोज, २८  
लगानी
NA
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । जनरल इन्स्योरेन्स नेपालको शेयर कारोबार बुधवारदेखि शुरु भएको छ ।

मंगलवार प्रि –ओपनिङ सेसनमा म्याचिङ भई कारोबार हुन नसक्दा कम्पनीको कारोबार शुरु हुन सकेको थिएन । बुधवार भने प्रि– ओपनिङ सेसनमा उक्त कम्पनीको ३० कित्ता शेयर कारोबार भएको छ । 

प्रि– ओपनिङ सेसनमा  उक्त कम्पनीको २० कित्ता शेयर प्रतिकित्ता रू. ३०५ मा र १० कित्ता शेयर प्रतिकित्ता रू. ३११ मा कारोबार भएको छ ।

नियमित सेसनमा उक्त कम्पनीको शेयर खरीद आदेश रहेको छ भने विक्री आदेश भने हालसम्म प्राप्त भएको छैन । उक्त कम्पनीको शेयर खरीदका लागि प्रतिकित्ता रू. ३१७ सम्मको खरीद आदेश प्राप्त भएको छ । 

११ बजेर २५ मिनेटसम्म उक्त कम्पनीको ११ लाख ५३ हजार ६७२ कित्ता शेयर खरीदको आदेश प्राप्त भएको छ । कम्पनीको संस्थापकतर्फ ७० लाख र सर्वसाधारण तर्फको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भइसकेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्