ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबि हाइब्रिड फण्डका इकाइधनीको बैंक खातामा नगद लाभांश पठाइने

२०७७ असोज, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल– १ र एनएमबि फिप्टीले इकाइधनीको बैंक खातामा नगद लाभांश पठाइने भएको छ ।

एनएमबि हाइब्रिड फण्ड एल–१ ले असोज २८ गतेदेखि र एनएमबि फिप्टीले असोज २९ गतेदेखि नगद लाभांश पठाउन लागेका हुन् । एनएमबि फिप्टीले आव २०७६/ ७७ को मुनाफाबाट इकाईधनीलाई ५ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल– १ ले ८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेका हुन् । 

उक्त नगद लाभांश अभौतिक इकाई धारण गरेका इकाइधनीले हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत जम्मा गर्ने जानकारी गराएका छन् ।

 हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरुले एनएमबि क्यापिटलमा सम्पर्क गरी आफ्नो हितग्राही खाता नम्बर अद्यावधिक गराउन पनि क्यापिटलले अनुरोध गरेको छ । योजना व्यवस्थापकमा एनएमबि कयापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [1]
User Image

Ramram

[Oct 14, 2020 07:47am]

Nabil ko mitual fund nef le book close ko 1 mahina samma pani rakam diyena kina hola ?


प्रतिक्रिया दिनुहोस्