ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१५६१.०३ विन्दुमा नेप्से, जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९.८४ % वृद्धि

२०७७ असोज, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । बुधवार नेप्से परिसूचक कारोबार भएको एक घण्टामा १ हजार ५६१ दशमलव शून्य ३ विन्दुमा पुगेको छ । 

अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ५६ अंक घटेको हो । सबैभन्दा बढी जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर मूल्य ९ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर रू. ३०५ मा खुला भएको थियो भने अहिले वृद्धि भएर रू. ३३५ पुगेको छ । 

एक घण्टाको कारोबार अवधिमा १६५ ओटा कम्पनीको रू. २९ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । सार्वाधिक कारोबार सानिमा बैंकको रू. ३ करोड ४३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै खरीदविक्रीमा वृद्धि भएको हो । उक्त कम्पनीले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सबैभन्दा बढी विकास बैंक समुहको परिसूचक १ दशमलव ७५ प्रतिशतले घटेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्