ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोस्रो घण्टामा नेप्से स्थिर, ६१ करोडभन्दा बढीको कारोबार (१ बजेको अपडेट)

२०७७ असोज, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । बुधवार दोस्रो घण्टाको कारोबार अवधिसम्म नेप्से परिसूचक स्थिर रहेको छ । यो अवधिसम्म शून्य दशमलव ४९ अंकले घटेर परिसूचक १ हजार ५६८ दशमलव १० विन्दुमा कायम भएको हो ।

उता, सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव शून्य ६ अंक बढेर ३११ दशमलव ४७ विन्दुमा पुगेको छ । दोस्रो घण्टामा १९१ ओटा कम्पनीकोे ११ हजार ४३६ पटकको व्यापारमा रू. ६१ करोड ८२ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको छ । उक्त अवधिसम्म २३ लाख ३६ हजार २३४ कित्ता शेयर कारोबार भएको हो ।

बुधवार सर्वाधिक रकमको कारोबार भैरहेको सानिमा बैंकको दोस्रो घण्टामा रू. ४ करोड ९४ लाख १६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

 दोस्रो घण्टामा बैंकिङको शून्य दशमलव शून्य १ प्रतिशत, व्यापारिकको शून्य दशमलव १४ प्रतिशत, होटलको शून्य दशमलव ४१ प्रतिशत, जलविद्युतको शून्य दशमलव १५ प्रतिशत र निर्जीवन बीमा समुहको शून्य दशमलव शून्य ४ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समुहको घटेको छ । 

उक्त अवधिसम्म विकास बैंकको शून्य दशमलव ३३ प्रतिशत, वित्तको शून्य दशमलव ४६ प्रतिशत, अन्यको शून्य दशमलव १५ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव शून्य ९ प्रतिशत र म्यचुुअल फण्डको शून्य दशमलव ९३ प्रतिशत परिसूचक घटेको छ । यो अवधिसम्म उत्पादन तथा प्रशोधन समुहको परिसूचक भने स्थिर रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्