ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कर्मचारीलाई कोरोना संक्रमण भएपछि २५ मेवाको माथिल्लो दोर्दी ‘ए’ निर्माण बन्द        

२०७७ असोज, २८  
गण्डकी प्रदेश
Image Not Found
फाइल फोटो

असोज २८, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ ।

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवर्द्धित आयोजनामा कार्यरत २७ जना कर्मचारीमा मंगलवार साँझ एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि बधुवारदेखि आयोजनाको निर्माण बन्द गरिएको हो ।     

आयोजनामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको आयोजनाका राजेन्द्र वस्तीले बताए । आयोजनाको अधिकांश निर्माण सम्पन्न भई विद्युतगृहको काम बाँकी छ ।

हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको र आगामी मंसिरदेखि बिजुली बाल्ने तयारी भए पनि कोभिड– १९ ले प्रभाव पार्ने देखिएको आयोजनाले बताएको छ ।   रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्