ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तेस्रो घण्टामा ९० करोडभन्दा बढीको शेयर कारोबार, विकास बैंकको शेयरमा देखिएन आकर्षण 

२०७७ असोज, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । बुधवार तेस्रो घण्टाको कारोबारमा रू. ९० करोड २२ लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ ।

उक्त अवधिमा १९५ ओटा कम्पनीको १६ हजार २१४ पटकको व्यापारमा ३३ लाख ५२ हजार ९५३ कित्ता शेयर कारोबार भएको हो ।

उक्त अवधिमा नेप्से परिसूचक भने ४ दशमलव ६८ अंक घटेर १ हजार ५६३ दशमलव ९१ विन्दुमा झरेको छ । यो दिन तेस्रो घण्टाको काराबोर अवधिसम्म विकास बैंकको परिसूचक सर्वाधिक घटेको छ ।

उक्त अवधिसम्म विकास बैंकको परिसूचक १ दशमलव ३६ प्रतिशतले घटेको हो । यो बेलासम्म व्यापारिक समुहको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ भने बाँकी समुहको घटेको छ । 

तेस्रो घण्टामा पनि सानिमा बैंककै रू. ६ करोड १३ लाख ९४ हजार बराबरको सर्वाधिक रकमको कारोबार भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्