ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

 कोरोना महामारी : विश्वमा संक्रमितको संख्या ३ करोड ८० लाखभन्दा  धेरै    

२०७७ असोज, २८  
अन्तरराष्ट्रिय
Image Not Found
कोरोना संक्रमितहरुको उपचारमा संलग्न नर्सको फाइल फोटो

असोज २८, वासिङ्टन । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ३ करोड ८० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।     
     
जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म ३ करोड ८० लाख ३३ हजार २८७ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।     
     
कुल संक्रमितमध्ये २ करोड ६३ लाख ८८ हजार ६३३ जना संक्रमणमुक्त भइसकेको विश्वविद्यालयले बताएको छ ।  संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९५ जना संक्रमणमुक्त भएका छन् ।     
     
अमेरिकामा भने संक्रमितहरुको अवस्था डरलाग्दो छ । सबैभन्दा धेरै संक्रमित रहेको मुलुकमा अमेरिका नै रहेको छ ।अमेरिकामा अहिलेसम्म ७८ लाख ५४ हजार ९१७ जना संक्रमित भएका छन् भने अरु २ लाख १५ हजार ८६१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।     
     
धेरै प्रभावित भएकाहरुको सूचीमा भारत र ब्राजिल दोस्रो र तेस्रो क्रममा रहेका छन् । भारतमा अहिलेसम्म ७१ लाख ७५ हजार ८८० जना संक्रमित हुँदासम्म १ लाख ९ हजार ८५६ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५१ लाख ३ हजार ४०८ जना संक्रमित रहेका छन् भने १ लाख ५० हजार ६८९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।     
     
त्यसैगरी चौथो धेरै प्रभावित भएको रुसमा भने अहिलेसम्म १३ लाख १८ हजार ७८३ जना सङ्क्रमित भएका छन् । रुसमा कोरोनाका कारण २२ हजार ८३४ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत मार्च ११ देखि विश्वभरी कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।    रासस/ एएनआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्