ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्वाबलम्बन लघुवित्तको २६ % बोनस शेयर सूचीकृत

२०७७ असोज, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको २६ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार सूचीकृत भएको छ ।

कम्पनीले उक्त बोनस शेयर वापतको १६ लाख ३५ हजार १०९ दशमलव ८४ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

यो शेयर बिहीवारदेखि कारोबार योग्य भएपनि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा आएपश्चात मात्र कारोबार गर्न सकिनेछ ।

उक्त कम्पनीले गत पुस २० गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट २६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । नगद लाभांश भने कम्पनीले वितरण गरिसकेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्