ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट 

२०७७ असोज, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असोज १६ देखि २० गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । 

कम्पनीले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र असोज २६ गते बाँडफाँट गरेको हो । कम्पनीले कुल कित्तामध्ये रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको थियो भने १८ लाख कित्ता परिपत्र विधिबाट विक्री गरेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको मध्येबाट ६० हजार कित्ता ऋणपत्र भने सामुहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ । उक्र ऋणपत्र विक्रीको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गरेको छ । 

ऋणपत्र खरीद गर्नेले तोकिएको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् ।

धितोपत्रको दोस्रो बजारमा पनि ऋणपत्र सूचीकृत हुने हुदाँ खरीदविक्रीसमेत गर्न सकिने व्यवस्था छ । उक्त ऋणपत्र विक्री गर्न बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असोज १ गते स्वीकृति पाएको हो । 

वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य विक्री गर्नुपर्ने व्यवस्था बमोजिम सिद्धार्थ बैंकले यो ऋणपत्र विक्री गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्