ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्से परिसूचक ७.४२ अंक घटेसँगै कारोबार रकम पनि घट्यो

२०७७ असोज, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ४२ अंक घटेर १ हजार ५६१ दशमलव १७ विन्दुमा पुगेको छ ।

बुधवारको कारोबार दिनमा १९५ ओटा कम्पनीको  ५२ लाख ९१ हजार ३१४ कित्ता शेयर २४ हजार ८९९ पटकमा रू. १ अर्ब ४९ करोड बरावरको शेयर खरीदविक्री भएको छ ।

१९५ ओटा कम्पनीमध्ये ३० ओटा कम्पनीको शेयर मूल्यमा वृछि भएको छ । त्यसैगरी १२७ ओटा कम्पनीको शेयर मूल्य घटेको  छ भने १२ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

सर्वाधिक कारोबार सानिमा बैंकको भएको छ । उक्त कम्पनीको रू. ७ करोड २५ लाख बरावरको शेयर खरीदविक्री भएको छ ।  कम्पनीले १३ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै शेयर खरीदविक्री धेरै भएको हो ।

कारोबारमा आएका १२ ओटा समुहमध्ये होटल्स समुहको परिसूचक शून्य दशमलव १४ प्रतिशत वृद्धि भएको छ भने बाँकी समुहको परिसूचक घटेसँगै नेप्से घटेको हो । कारोबारमा आएका १२ ओटा समुहमध्ये विकास बैंक समुहको परिसूचक १ दशमलव ९९ प्रतिशत घटेको छ । 

बुधवारको कारोबार दिनमा सबैभन्दा बढी घलेम्दी हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ७ दशमलव २६ प्रतिशत घटेको छ । दुई तिन दिन यताको बजार हेर्दा लगानीकर्ताहरुले प्रोफिट बुक गर्न थालेकाले बजार केहि तल झरेको देखिन्छ ।

 नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ ।  मंगलवार रू. १ अर्ब ८१ करोड बरावरको शेयर खरीदविक्री भएकोमा बुधवार भने रू. १ अर्ब ४९ करोड मात्रको शेयर खरीदविक्री भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्