ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रवार बाँडफाँट हुँदै

प्रि–अलोटमेण्ट भने बिहीवार हुने

२०७७ असोज, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं । सानिमा जनरल इन्स्योरन्स कम्पनी लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट हुने भएको छ । 

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले बिहीवार प्रि– अलोटमेण्ट गरेर शुक्रवार बाँडफाँटको तयारी रहेको जानकारी दिएको छ । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । 

कम्पनीले असोज २१ देखि २५ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत शेयर विक्री गरेको हो । 

उक्त कम्पनीको आईपीओ खरीदका लागि ८ लाख ८३ हजार ६२३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३४० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा ६ दशमलव ९६ गुणा बढी हुन आउँछ । 

हाल रू. ७० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्री पश्चात चुक्तापूँजी रू. १ अर्ब पुग्नेछ । उक्त कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्