ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मन्त्रिपरिषद् विस्तार : अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त  

२०७७ असोज, २८  
समाचार
Image Not Found
नवनियुक्त अर्थमन्त्री विष्णप्रसाद पौडेल / फाइल फोटो
author avatar अभियान संवाददाता

असोज २८, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुको जिम्मेवारी  हेरफेर गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री सिफारिसमा मौजुदा मन्त्रिपरिषद विस्तार गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बुधवारसाँझ मन्त्रिपरिषद विस्तार गर्दै अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका पौडेल दोस्रो पटक अर्थमन्त्री भएका हु्न् ।

यसैगरी उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठ र शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गर्नु भएको छ ।

यी तीनै जना ओली निकट नेताहरु हुन् । मन्त्रिपरिषद् विस्तार तथा हेरफेरका क्रममा प्रम ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउनु भएको छ ।

पोखरेललाई उपप्रधानमन्त्रीमा यथावत राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ ।यस्तै यसअघिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 नयाँ मन्त्रिमण्डल विस्तारमा कसले के जिम्मेवारी पाए ? यो पनि हेर्नुस् :


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्