ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

२४ घन्टाभित्र कोभिड–१९ विरोधी दोस्रो खोपको परीक्षण स्थगित 

२०७७ असोज, २८  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २८, वाशिङटन डीसी (अमेरिका) । अमेरिकामा २४ घन्टाभित्र कोभिड–१९ विरोधी दोस्रो खोपको पनि परीक्षण स्थगित भएको छ । 

सम्भावित सुरक्षा सम्बन्धी चासोका कारण अमेरिकी फर्मास्युटिकल कम्पनी एली लिलेले मंगलवार तेस्रो चरणमा रहेको ल्याबमा उत्पादित एन्टिबडी परीक्षण बन्द गरेको हो ।

एक दिनअघि अमेरिकी फर्मा कम्पनी जोन्सन एण्ड जोन्सनले पनि अस्थायी रुपमा तेस्रो चरणमा रहेको कोभिड–१९ को खोप परीक्षण रोकेको थियो । 
जोन्सन र एली दुबैले परीक्षणमा सहभागीहरुमा अवर्णनीय बिरामी देखिएको भन्दै परीक्षण रोकेका हुन् ।

यो समस्या एन्टिबडी उपचारसँग असम्बन्धित रहेको हुन सक्ने बताइएको छ । ठूलो संख्यामा सहभागी संलग्न गराइने भएकाले अन्तिम चरणका क्लिनिकल परीक्षणमा समस्या देखिन्छन् । 

गत महीना बेलायती फर्मा कम्पनी अस्त्रजेनेका खोपको परीक्षण स्थगित गर्ने पहिलो कम्पनी बनेको थियो । परीक्षण विश्वभर सुचारु भएपनि अमेरिकामा भने स्थगित नै छ । यसको कारण पनि खुलाइएको छैन । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्