ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘टेस्ला २० खर्ब डलर पूँजीकरण हुने कम्पनी बन्नेछ’

२०७७ असोज, २८  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २८, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको २० खर्ब डलर बजार पूँजीकरण हुने अर्बपति लगानीकर्ता रोन ब्यारेनको भनाइ छ । 

सीएनबीसीको स्क्वाक बक्स कार्यक्रमा बुधवार उनले यस्तो बताएका हुन् । ब्यारोन टेस्लाका समर्थक र शेयरधनी पनि हुन् । आगामी वर्षहरुमा कम्पनीको वार्षिक विक्री ५० प्रतिशतले बढ्ने उनले बताए ।

यस वर्षको अहिलेसम्मको अवधिमा टेस्लाको शेयर मूल्य ४०० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।

अहिले यसको बजार पूँजीकरण ४ खर्ब १६ अर्ब आसपास रहेको छ । सेप्टेम्बर ३० सम्ममा ब्यारोनको लगानी टेस्लामा ७३ लाख कित्ता शेयर रहेको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्