ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धेरै जडीबुटीको पेटेन्ट भारतले लिइसकेको छ

२०७७ असोज, २९  
१० वर्ष अघि
NA

रामदेवले उत्प्रेरणा मात्रै जगाएका हुन् । उनको कुराबाट उत्प्रेरित भएर थप केही व्यवसायीहरू जडीबुटीको व्यापारमा लागेका हुन सक्छन् ।

वास्तविकता के हो भने रामदेव मात्र होइन भारतका व्यापारीहरूले धेरै पहिलेदेखि नेपालबाट जडीबुटी लैजाने गरेका छन् । रामदेवको मुख्य सहयोगीका रूपमा स्याङ्जाका आचार्य बालकृष्ण रहनु राम्रो कुरा हो । उनले देशका लागि साँच्चै केही गर्न खोजेका हुन् भने नेपालमा जडीबुटीको प्रशोधन केन्द्र नै खोल्नुपर्छ । जडीबुटी उद्योग नै खोल्नुपर्छ । जडीबुटी संकलन केन्द्र खोलेर सस्तो मूल्यमा यहाँका जडीबुटी भारत लैजाने काममात्र गर्ने हो भने त्यसको कुनै अर्थ रहँदैन । त्यसैले रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले नेपालको जडीबुटीको विकासमा सहयोग गर्न चाहेको हो भने कच्चा उत्पादन देशबाहिर लैजाने होेइन कि यहीँ उद्योग खोल्ने र नेपाली उत्पादनका रूपमा ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सक्नुपर्छ ।

नेपालमा जस्तो विविध र अन्तर्राष्ट्रिय बजारमा मूल्यवान् मानिएका औषधिहरू भारतमा उत्पादन हुँदैनन् । त्यसैले परापूर्वकालेखि नै भारतीय व्यापारीहरूले नेपाल आएर सस्तोमा जडीबुटी किन्ने र उता लगेर महँगोमा बेच्ने गरेको पाइन्छ । जडीबुटीको महत्व बुझ्न नसकेर वा प्रभावकारी ढंगले बजारीकरण गर्न नसकेर नेपालीहरूले सस्तो मूल्यमा भारतीय व्यापारीहरूलाई अप्रशोधित उत्पादन बेच्ने गरेका थिए । त्यहीकारण भारतीय व्यापारीहरूको ध्यान जहिले पनि नेपाली जडीबुटीमाथि केन्द्रित हुने गरेको छ ।

(हर्ब्स तथा हर्बल उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेसँगको अन्तर्वार्ताबाट)
वर्ष ५, अंक ३३, २०६७, बैशाख ६–१२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्