ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटिजन्स बैंकको मोबाइल बैंकिङ पिन रिसेट सुविधा

२०७७ असोज, २९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनलले अब बैंकमा नगईकनै मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधा सुरु गरेको छ । बैंकका ग्राहक अब मोबाइल बैंकिङको पिन नम्बर बिर्से बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुनेछन् । हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले ग्राहकलाई सहज रुपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्ने र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पु¥याउने उद्देश्यले यो सेवा सुरु गरेको हो ।

बैंकले कोभिड–१९ को त्रास कायमै रहेकाले ग्राहकलाई सकेसम्म बैंकमा नआईकनै बैंकिङ सुविधा सहज बनाउने उद्देश्यले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डलगायत विद्युतीय भुक्तानीका माध्यममा पहिलो वर्षको शुल्क मिनाहा गरिने जनाएको छ । बैंकले हाल १ सय ११ शाखा, ९९ एटीएम र १ सय ४ वटा शाखारहित बैंकिङमार्फत वित्तीय कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्