ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्याङयोङको फेस्टिभ डिलाइट

२०७७ असोज, २९  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता आईएमएस मोटर्सले दसैं–तिहार अवसरमा स्याङयोङ फेस्टिभ डिलाइट योजना ल्याएको छ ।

योजनामा ग्राहकले ३ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसमा एक वर्ष निःशुल्क बिमा, तीन  वर्षको वारेन्टी, तीन वर्षसम्म निःशुल्क मर्मत, २५ हजार रुपैयाँ बराबरको निःशुल्क एसेसरिज आदि सुविधा छन् ।

योजना असोज २८ देखि कात्तिक २६ गतेसम्म लागू हुनेछ । पुराना सवारीसँग एक्सचेन्ज गरेबापत भने २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस दिइने कम्पनीले बताएको छ ।
कम्पनीले कोभिड–१९ विरुद्ध लडिरहेका डाक्टर, नर्सहरू, स्वास्थ्य सेवाकर्मी र प्रहरीलाई थप १ लाख छुट दिने घोषणा गरेको छ  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्