ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोलखाको मनास्लु डिस्टिलरीमा आगलागी

२०७७ असोज, २९  
वाग्मती प्रदेश
NA

दोलखा (अस) । दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुमा रहेको मनास्लु डस्टिलरीमा आगलागी भएको छ । मंगलवार राति पौने १२ बजेतिर उक्त डिस्टिलरी आगलागनी भएको हो । आगलागीबाट साढे ५ करोड रुपैयाँबराबरको क्षति भएको बताइएको छ ।

भीमेश्वर नगरपालिकाबाट गएको दमकलका साथै स्थानीयवासीको सहयोगमा बिहान ५ बजेतिर आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट करीब २२ हजार लिटर स्प्रिट, बजारमा पठाउन तयारी हालतमा राखिएको ३५ सय केस मदिरा, जीएम प्लान्ट, फिलिङ मेशिन लगायत सम्पूर्ण मेशिन तथा भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको सञ्चालक राजेश उप्रेतीले बताए । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्