ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिजीको उपहारै उपहार

२०७७ असोज, २९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले दसैं–तिहार पर्वलाई लक्षित गरेर उपहारै उपहार योजना ल्याएको छ । योजनामा सहभागी हुन उपभोक्ताहरूले सिजीको आधिकारीक वेबसाइट डब्लुडब्लुडब्लुडट सिजीइन्सपायरिङलाइफडटकम/क्याटोगरी/फेस्टिभअफर्स/ बाट बुकिङ गरेर खरिद गर्नुपर्नेछ ।

यसरी खरिद गरेर बम्पर उपहारमा ३ भाग्यशाली विजेताले सिजीको माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर र स्पिकर प्राप्त गर्नेछन् । यसमा २० देखि ४३ इन्चसम्मको टिभी खरिदमा ३० प्रतिशतसम्म नगद छुट पनि दिइने कम्पनीले बताएको छ ।

सोभन्दा ठूलो टिभी खरिदमा भने नगद छुटका साथमा सिजीकै स्पिकर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साइड बाई साइड र मल्टी डोर रेफ्रिजेरेटर खरिदमा सिजी ब्रान्डको मिक्स्चर र नगद छुटको पनि पाइनेछ । डबल डोर रेफ्रिजेरेटरमा भने सिजीको प्रेसर कुकर उपहार राखिएको छ । सिंगल डोर रेफ्रिजेरेटरमा पनि आकर्षक नगद छुट राखिएको छ । फ्रन्टलोड वासिङ मेसिनमा भने मिक्स्चर, टपलोड र सेमिअटोमेटिक वासिङ मेसिनमा आइरन, माइक्रोवेभ ओभनमा कुकिङ किट उपहार राखिएको छ कम्पनीको भनाइ छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्