ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्वामित्व तथा भोगाधिकारसम्बन्धी कानूनी व्यवस्था

२०७७ असोज, २९  
लेख | दृष्टिकोण
Image Not Found

सम्पत्ति चल वा अचल सम्पत्तिका रूपमा वा मूर्त, अमूर्त, दृश्य, अदृश्य जे भए तापनि कानूनले सम्पत्तिका स्वामित्ववाला वा मालिकलाई भोगाधिकार दिएको हुन्छ । स्वामित्ववाले सम्पत्तिको उपभोग गर्ने, खरीद, विक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्ने वा कुनै लाभ प्राप्त गर्ने अधिकार पाएको हुन्छ । भोगाधिकारविना सम्पत्तिको कुनै अस्तित्व रहँदैन । कानूनले व्यक्तिको सम्पत्तिमा प्रत्यक्ष वा परोक्ष रूपमा स्वामित्व र भोगाधिकार प्रदान गर्छ । भोग र भोगाधिकारमा पनि फरक रहेको छ ।

कसैको कुनै व्यक्तिको सम्पत्ति फेला परी राख्छ भने यसलाई भोग भनिन्छ यसमा स्वामित्ववालाको सहमति हुँदैन । स्वामित्ववालासँग सहमति लिई कुनै सम्पत्ति भोग गर्छ भने यसमा भोगाधिकार प्राप्त हुन्छ । कुनै सम्पत्ति लामो समयसम्म भोग गर्दै आएको अवस्थामा पनि भोगाधिकार पाउन सक्छ जस्तै कुनै व्यक्तिले लामो समयदेखि बाटो वा ढलको प्रयोग गर्दै आएमा यसमा भोगाधिकार प्राप्त गर्छ ।

ऋणपत्र, धितोपत्र, प्रतिज्ञापत्र, विनिमयपत्र, प्रतीतपत्र वा अन्य विनिमेय अधिकारपत्र वा त्यसबाट प्राप्त हुने लाभ, बौद्धिक सम्पत्ति, व्यापारिक ख्याति आदिमा भोगाधिकार र स्वामित्वबारे मुलुकी देवानी संहितामा थप कानूनी व्यवस्था थप हुनुपर्ने देखिएको छ ।

मुलुकी देवानी संहिता, २०७४ मा स्वामित्व तथा भोगाधिकार सम्बन्धमा छुट्टाछट्टै व्यवस्था गरेको छ ।

स्वामित्वसम्बन्धी व्यवस्था
कुनै पनि व्यक्तिलाई कुनै सम्पत्तिमा कानूनबमोजिम हक प्राप्त भएमा त्यस्तो सम्पत्तिमा निजको स्वामित्व रहेको मानिने गरेको छ । (मुलुकी देवानी संहिता, २०७४ दफा २६६)

स्वामित्ववालाले पाउने अधिकार
कुनै पनि सम्पत्तिका धनी अर्थात् स्वामित्ववालाले आफ्नो सम्पत्ति उपभोग गर्ने विषयमा कानूनले विभिन्न अधिकार दिएको हुन्छ । स्वामित्ववालाले आफ्नो सम्पत्ति उपभोग गर्ने, विक्री वा अन्य तवरले कसैलाई हक हस्तान्तरण गर्ने, कुनै किसिमले धितो वा बन्धकी राख्ने, कुनै कारोबार गर्ने, जुनसुकै किसिमबाट फाइदा लिने, आफ्नो जग्गा जमीनमा कुनै किसिमको भौतिक संरचना निर्माण गर्न, पर्खाल वा बार लगाई घेर्न वा साँध सिमाना छुट्ट्याउन वा कुनै सम्पत्तिको स्वरूप परिवर्तन गर्ने वा कुनै पनि किसिमले सम्पत्तिको संरक्षण गर्ने, आफ्नो जमीन वा जमीनमुनिको भाग वा त्यसमा रहेको वस्तु वा जमीनमाथिको आकाश प्रयोग गर्ने, कुनै तवरले नष्ट वा समाप्त गर्ने, सम्पत्ति प्राप्त वा सुरक्षा गर्ने सम्बन्धमा कुनै पनि किसिमले कानूनी कारबाही चलाउने कानूनी अधिकार हुन्छ । (देवानी संहिता, २०७४ को दफा २६७ )

भोगाधिकार सम्बन्धी व्यवस्था
कसैले कुनै सम्पत्ति भोग गर्ने मनसायले कानूनबमोजिम आपूmसँग राखेमा त्यस्तो सम्पत्तिमा निजको भोगाधिकार रहेको मानिने व्यवस्था छ । (मुलुकी देवानी संहिता, २०७४ दफा २६८) ।

भोगाधिकारको उपभोग
स्वामित्ववाला आफैले वा प्रतिनिधिमार्फत गर्न सक्छ । यस्तै अक्षम वा अर्धसक्षम व्यक्तिको हकमा संरक्षक वा माथवरमार्फत भोगाधिकार प्राप्त गर्न सक्छ । कुनै व्यक्तिले प्रचलित कानून वा त्यस्तो सम्पत्तिका सम्बन्धमा कुनै करार भएको भए त्यस्तो करारको अधीनमा रही भोगाधिकार प्राप्त हुन्छ । साथै आफ्नो भोगमा रहेको सम्पत्तिबाट प्राप्त हुने जुनसुकै लाभ पनि उपभोग गर्न सक्छ ।

सम्पति भौतिक वा अभौतिक, मूर्त वा अमूर्त जुनसुकै भए पनि सम्पत्तिलाई चल वा अचलका रूपमा समावेश गरेको पाइन्छ । घर वा जमीन वा कानूनले अचल सम्पत्तिभित्र पर्छ । चल सम्पत्तिमा नगद वा नगदसरह कारोबार हुने वस्तु वा विदेशी मुद्रा, सुन, चाँदी, जवाहरत, रत्न, सुनचाँदीबाट बनेका गरगहना वा बहुमूल्य पत्थर, एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न सकिने अन्य वस्तु पर्छन् । त्यस्तै, ऋणपत्र, धितोपत्र, प्रतिज्ञापत्र, विनिमयपत्र, प्रतीतपत्र वा अन्य विनिमेय अधिकारपत्र वा त्यसबाट प्राप्त हुने लाभ, बौद्धिक सम्पत्ति, व्यापारिक ख्याति पर्न आउँछ । यी चल वा अचल सम्पत्तिमा भोगाधिकार र स्वामित्व भएका व्यक्तिको सम्पत्तिमा अन्य व्यक्ती वा व्यक्तिहरूबाट गैरकानूनी रूपमा कब्जा वा हस्तक्षेप गर्न सक्दैन । कानूनले सम्पत्तिका मालिक वा धनीलाई स्वामित्व तथा भोगाधिकार दिएको हुन्छ ।

मुलुकी देवानी संहिता, २०७४ मा स्वामित्व तथा भोगाधिकार व्यवस्था चलसम्बन्धी व्यवस्था भए तापनि विशेष गरी अचल सम्पत्तिसम्बन्धी विवाद समाधान गर्न बनाएको देखिन्छ । अबका दिनमा अचल सम्पत्ति साथै चल सम्पत्तिमा पनि विवाद बढ्न सक्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थाले चल सम्पत्ति जस्तै धितो पत्रलाई धितोमा लिई कर्जा दिने गरेको छ । यस्तै अबका दिनमा बौद्धिक सम्पत्ति, व्यापारिक ख्यातिका सम्पत्तिमा पनि कर्जा लेनदेन हुन सक्ने हुँदा यस्ता चल सम्पत्तिका विषयमा पनि भोगाधिकार तथा स्वामित्वसम्बन्धी व्यवस्था मुलुकी देवानी संहिता विशेष व्यवस्था हुन जरुरी छ ।

एक व्यवसायी तथा अर्को व्यवसायी, व्यक्ति वा संगठित संस्थाहरूका बीच पनि ऋणपत्र, धितोपत्र, प्रतिज्ञापत्र, विनिमयपत्र, प्रतीतपत्र वा अन्य विनिमेय अधिकारपत्र वा त्यसबाट प्राप्त हुने लाभ, बौद्धिक सम्पत्ति, व्यापारिक ख्याति आदिमा भोगाधिकार र स्वामित्वबारे मुलुकी देवानी संहितामा थप कानूनी व्यवस्था थप हुनुपर्ने देखिएको छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [1]
User Image

Wrishav Bajracharya

[Oct 15, 2020 05:59am]

Very well and informative article,my problem is about cheque bounce which you know very well and me too. Let's pray for everything well but problem is problem, anything can happen,So senior and we'll wisher like you is very much important. So Happy Friendship and Jai Gurudev 🙏, hope everything goes well.


प्रतिक्रिया दिनुहोस्