ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एक घण्टामा ५.०४ अंक बढ्यो नेप्से परिसूचक, ३४ करोडभन्दा बढीको कारोबार 

२०७७ असोज, २९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । मंगलवारदेखि निरन्तर घटेको शेयर बजार बिहीवार भने कारोबार शुरुभएदेखि बढीरहेको छ ।

बुधवार ७ दशमलव ४२ अंक घटेर १ हजार ५६१ दशमलव १७ विन्दुमा बन्द भएको बजार बिहीवार १ हजार ५६१ दशमलव १७ विन्दुदेखि खुला भएको हो । यो दिन कारोबारको पहिलो घण्टामै नेप्से परिसूचक ५ दशमलव शून्य ४ अंक बढेर १ हजार ५६६ दशमलव २० विन्दुमा पुगेको छ । बुधवार ७ दशमलव ४२ अंक घटेर बजार १ हजार ५६१ दशमलव १७ विन्दुदेखि खुला भएको हो ।

बिहीवार कारोबारको २० मिनेटमै १ हजार ५७९ विन्दु बजारले पार गरेको थियो । अर्थमन्त्रिका रुपमा विष्णु पौडेल नियुक्त भएका छन् । नेपालको शेयर बजारको इतिहासमा उच्च विन्दु कायम गर्दाका समयमा पनि पौडेललेनै अर्थमन्त्रिको कार्यभार सम्हालेका थिए । शेयर बजारका लागि फापेका अर्थमन्त्रिको रुपमा चिनिएका पौडेललाई बिहीवारको कारोबारले सकारात्मक रुपमा स्वागत गरेको देखिन्छ ।

यो दिन एक घण्टामा १७५ ओटा कम्पनीको रू. ३४ करोड ३१ लाख ७ हजार बराबरको ११ लाख ९० हजार ६९१ कित्ता शेयर कारोबार भएको छ । 

यस दिन लाभांश सार्वजनिक गरेको शिवम् सिमेण्टको सर्वाधिक रकम बराबरको शेयर कारोबार भएको छ । पहिलो घण्टामा उक्त कम्पनीको रू. २ करोड ५० लाख ४७ हजार बराबरको शेयर कारोबार भएको हो । कम्पनीले यो वर्ष २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

एक घण्टामा नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८७ प्रतिशत बढेको छ भने नेपाल हाइड्रो डेभलपमेण्टको सर्वाधिक ४ दशमलव ५५ प्रतिशतले घटेको छ ।

बिहीवार पहिलो घण्टाको कारोबारमा व्यापारिक समुहको शून्य दशमलव १९ प्रतिशत र निर्जीवन बीमा समुहको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समुहको बढेको छ । 

यो अवधिसम्म सर्वाधिक उत्पादन तथा प्रशोधन समुहको परिसूचक १ दशमलव शून्य ५ प्रतिशतले बढेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्