ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोस्रो घण्टामा ५८ करोडभन्दा बढीको शेयर कारोबार, शिवम् सिमेन्टको सर्वाधिक हिस्सा (१ बजेको  अपडेट)

२०७७ असोज, २९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । बिहीवार दोस्रो घण्टामा १८९ ओटा कम्पनीको रू. ५८ करोड ५९ लाख ५६ हजार बराबरको शेयर कारोबार भएको छ । १० हजार २६९ पटकको व्यापारमा उक्त रकम बराबरको २० हजार ७१ कित्ता शेयर कारोबार भएको हो । 

दोस्रो घण्टामा नेप्से परिसूचक ३ दशमलव शून्य ५ अंक बढेर १ हजार ५६४ दशमलव २२ विन्दुमा पुगेको छ । उक्त अवधिसम्म सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५० अंक उकालो लागेर ३१० दशमलव २४ विन्दुमा पुगेको छ ।

उक्त अवधिसम्म पनि शिवम् सिमेन्टकै सर्वाधिक रकम बराबरको शेयर कारोबार भएको छ । उक्त कम्पनीको दोस्रो घण्टामा रू. ४ करोड ६६ लाख १७ हजार बराबरको शेयर कारोबार भएको हो । 

दोस्रो घण्टाको कारोबारमा होटल समुहको शून्य दशमलव ६६ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य ५ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य २ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक घटेको छ  भने बाँकी समुहको घटेको छ । 

उक्त अवधिसम्म व्यापारिक समुहको परिसूचक सर्वाधिक १ दशमलव १ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्