ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अर्थमन्त्री लगायत तीन जना मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

२०७७ असोज, २९  
समाचार
Image Not Found
तस्वीर सौजन्य राष्ट्रपतिको कार्यालय

असोज २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन जना मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।    

 राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ रहेका छन् ।

उनीहरु प्रधानमन्त्रीको सिफारिसमा बुधवार मन्त्रीमा नियुक्त भएका हुन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो ।  यसैबीच शपथ ग्रहणपछि अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय गई पदबहाली गरेका  छन् ।पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्।

 

यो पनि हेर्नुस् :

मन्त्रिपरिषद् पुनर्गठन


प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्