ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तेस्रो घण्टामा नेप्से स्थिर, व्यापारिक समुहको परिसूचकमा सर्वाधिक वृद्धि (२ बजेको अपडेट)

२०७७ असोज, २९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । बिहीवार तेस्रो घण्टाको कारोबारमा नेप्से परिसूचक स्थिर रहेको छ ।

उक्त अवधिसम्म शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक बढेर १ हजार ५६२ दशमलव शून्य ८ विन्दुमा अडिएको हो । उता सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य ९ प्रतिशत बढेर ३१० दशमलव शून्य ४ विन्दुमा छ ।

तेस्रो घण्टामा बिहीवार १९४ ओटा कम्पनीको रू. ८४ करोड ८६ लाख ५७ हजार बराबरको ३० लाख ८४ हजार ३६९ कित्ता शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार गरिरहेको शिवम् सिमेन्टको तेस्रो घण्टामा रू. ५ करोड ३० लाख १९ हजार बराबरको शेयर कारोबार भएको छ ।

यो अवधिसम्म कारोबारमा आएका १२ ओटा समुहमध्ये सर्वाधिक परिसूचक व्यापारिक समुहको बढेको छ भने उत्पादन तथा प्रशोधन समुहको पनि घटेको छ ।

व्यापारिक समुहको परिसूचक १ दशमलव १२ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन समुहको शून्य दशमलव ६२ प्रतिशत घटेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्