ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

महीनाको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्यो बजार, १ अर्ब ४२ करोडभन्दा बढीको कारोबार 

२०७७ असोज, २९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । असोज महीनाको अन्तिम कारोबार दिन शेयर बजार १ हजार ५६२ दशमलव ४६ विन्दुमा पुगेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिन बुधवारको तुलनामा परिसूचक १ दशमलव २९ अंकले बढेको हो । मंगलवारदेखि निरन्तर घटेको बजार बुधवार ७ दशमलव ४२ अंक घटेर १ हजार ५६१ दशमलव १७ विन्दुमा बन्द भएको थियो ।

बिहीवार १ हजार ५६४ दशमलव ६९ विन्दुदेखि खुलेको बजार १ हजार ५७९ दशमलव ५३ विन्दुसम्म पुगेको थियो । यस दिन अघिल्लो दिनको तुलनामा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।

बुधवार रू. १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार बराबरको शेयर खरिद विक्री भएको थियो । बिहीवार भने यो रकम रू. १ अर्ब ४२ करोड ५८ लाख ९० हजारमा खुिम्चएको छ ।

बुधवार १९५ कम्पनीहरुको उक्त रकम बराबरको ५२ लाख ९१ हजार ३१४ कित्ता शेयर खरिदविक्री भएकोमा बिहीवार १९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता शेयर खरिद विक्री भएको हो ।

बिहीवार सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो दिन नेपाल पुनर्बीमा कम्पनीको रू. ७ करोड ४० लाख ८४ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार गरेको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. २ ले बढेर अन्तिम मूल्य रू. ८५४ कायम भएको छ ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीपछि शिवम् सिमेन्को सर्वाधिक शेयर कारोबार भएको छ । उक्त कम्पनीको यो दिन रू. ६ करोड ८४ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको हो । कम्पनीले बिहीवार यस वर्षको लागि २४ दशमलव २१ प्रतिशत कर सहित नगद लाभांश वितरणको प्रस्ताव सार्वजनिक गरेको थियो ।

कम्पनीको उक्त लाभांशका कारण पनि बिहीवार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमध्ये दोस्रो स्थान कायम गरेको हो ।लाभांश सार्वजनिक भएको दिन उक्त कम्पनीको पनि शेयरमूल्य प्रतिकित्ता रू. २ ले बढेर रू. ७५८ कायम भएको छ ।

बिहीवार बजार बन्द हुदाँ बैंकिङ समुहको शून्य दशमलव १५ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ५४ प्रतिशत, अन्यको शून्य दशमलव ६५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य ७ प्रतिशतले बढेको छ ।

 यो दिन होटलको शून्य दशमलव ९१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ५४ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ४ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको शून्य दशमलव ९७ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ६ प्रतिशत र जीवन बीमाको शून्य दशमलव १८ प्रतिशत परिसूचक घटेको छ ।

यो दिन नेपाल फाइनान्स र जनरल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल फाइनान्सको ९ दशमलव ८७ प्रतिशत र जनरल इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ८५ प्रतिशत बढेको हो । 

नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोजको मिति नजिकिदैं गर्दा उक्त कम्पनीको शेयर खरीद चाप बढेको हो । उक्त कम्पनीले कात्तिक ६ गते एक दिन हकप्रद प्रयोजनका लागि बुक क्लोज गर्न लागेको छ । 

त्यस्तै कारोबार शुरु भएको दोस्रो दिनमा जनरल इन्स्योरेन्सको शेयरमा पनि लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ । यो दिन नेपाल फाइनान्सको प्रतिकित्ता रू. ३० ले वृद्धि भई अन्तिम मूल्य रू. ३३४ र जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रू. ३३ ले वृद्धि भई रू. ३६८ कायम भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्