ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बेलायतमा कोभिड–१९ विरुद्ध भिटामिन– डी को प्रभावकारिता परीक्षण 

२०७७ असोज, २९  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २९, लन्डन (बेलायत) । बेलायती वैज्ञानिकहरूले भिटामिन– डीले कोभिड–१९ सँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ कि भनेर जाँच्न खोजेका छन् । 

बाटर्स  च्यारीटीको सहयोगमा क्वीन मेरी युनिभर्सिटी अफ लण्डनका अनुसन्धानकर्ताहरूले परीक्षण गर्न लागेका हुन् । यसका  लागि परीक्षणमा सहभागी हुन चाहने स्वयंसेवीहरूको खोजी भइरहेको छ  । 

सहभागी हुन चाहनेहरुको घरमा छ महिनासम्म सेवनका लागि दिनँहु भिटामिन– डी औषधि पठाइनेछ । परीक्षणमा सहभागी हुनु पूर्व सहभागीहरुमा भिटामिन– डीको कमी भए नभएको जाँच गरिनेछ । 

भिटामिन– डीको प्रयोग सुरक्षित मानिए पनि हरेक दिन तोकिएको भन्दा धेरै सेवन गरेमा त्यसले दीर्घकालमा जोखिम उत्पन्न गर्न सक्ने बताइएको छ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्