ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नाडेप लघुवित्तको साधारण सभाले पारित गर्‍यो १० % बोनस शेयर वितरण गर्ने प्रस्ताव 

२०७७ असोज, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारण सभा समपन्न गरेको छ ।

कम्पनीले बुधवार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा सम्पन्न गरेको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

१० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४० करोड ४८ लाख पुग्नेछ । साथै उक्त सभाले कम्पनीको शेयर संरचना ७० : ३० लाई परिवर्तन गरी ५१ : ४९ गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । 

कम्पनीले गत आवको चौथो त्रैमासमा रू. १ करोड ३१ लाख नाफा कमाएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्