ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुग्यो

२०७७ असोज, २९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । नेपालमा बिहीवार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५१८जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६९४ जनाको मृत्यु पुष्टि भएको छ ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन् । हाल संस्थागत आईसोलेशनमा १२ हजार ३३९ जना र होम आईसोलेशनमा २४ हजार १९४ जना रहेका छन् ।विगत २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

विगत २४ घण्टामा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

बिहीवार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ९३५ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका १ हजार ६९२जना, ललितपुर जिल्लाका १०८ जना र भक्तपुर जिल्लाका १३४ जनालाई कोरोना  संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्