ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रभु लाइफ इन्स्योरेन्सले सम्पन्न गर्‍यो तेस्रो साधारण सभा 

२०७७ असोज, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २९, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्र्षिक साधारण सभा असोज २९ गते बिहीवार सम्पन्न गरेको छ । 

उक्त कम्पनीले दशैं अघिनै आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रतिवेदन पारित गरेको हो । कम्पनीका अध्यक्ष आत्माराम घिमिरेले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

हाल उक्त कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । विसं २०७४ साल मंसिर २८ गतेदेखि नयाँ जीवन बीमा कम्पनीको रुपमा व्यवसाय सञ्चालन गरेको उक्त कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा असोज १४ गते निवेदन दर्ता गराएको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुग्नेछ । 

बीमा समितिबाट सर्वसाधारणका लागि शेयर जारी गरी रू. २ अर्ब चुक्तापूँजी कायम गर्ने गरि उक्त कम्पनीले कारोबार सञ्चालनको स्वीकृति पाएको थियो । यस कम्पनीले आईपीओको रेटिङ समेत सम्पन्न गरिसकेको छ ।

कम्पनीको आईपीओ इक्रा नेपालले मध्यम जोखिमको संकेत गर्ने ‘इक्रा आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । 

उक्त कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ४ करोड ४४ लाख नाफा कमाएको छ । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. १४ करोड ८९ लाखभन्दा बढी रकम रहेको छ भने बीमा कोषमा रू. १ अर्ब ४ करोड भन्दा बढी  छ । 

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब १९ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्