ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोभिड–१९ नियन्त्रण गर्न लन्डनमा थप कडाई 

२०७७ असोज, २९  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २९, लन्डन (बेलायत) । बेलायतको राजधानी लण्डनले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि कठोर उपायहरु लागू गरेको छ । 

संक्रमितको संख्या पुनः बढ्न थालेपछि नियन्त्रणका लागि शुक्रवार मध्य रातदेखि लागू हुने गरी मध्यम स्तरको अलर्ट लेबललाई बढाएर उच्चमा पुयाइएको छ ।
यसको अर्थ शहरका लाखौं बासिन्दाहरुले आफ्नो घरबाहिर अरु मानिसलाई भेट्न सक्ने छैनन् । घर बाहिर बगैंचा लगायत अन्य स्थानहरुमा भेटघाट गर्दा ६ जनाभन्दा बढीको समुहमा बस्न पाइने छैन । 

घर भित्र पनि यही नियम लागू हुनेछ । आफूहरु कोभिड–१९ विरोधी लडाईको महत्वपूर्ण चरणमा रहेको र संक्रमण शहरको हरेक कुनामा तीव्र गतिमा फैलिरहेको लण्डन महानगरपालिका प्रमुख सादिक खानले बताएका छन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्