ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

व्यापार प्रवर्द्धनको अवसर विश्वकप

२०७७ असोज, ३०  
१० वर्ष अघि
NA

बहुप्रतीक्षित विश्वकप फुटबलको तिथि नजिकिएको छ । निजी क्षेत्रका कतिपय उद्योगले यसलाई व्यापार प्रवद्र्धनको आकर्षक अवसरका रूपमा उपयोग गर्दैछन् । कम्पनीहरूले विश्वकपलाई दृष्टिगत गरी आफ्ना उत्पादनप्रति उपभोक्ताको ध्यानाकर्षण गर्न विभिन्न लोभ लाग्दा योजनाहरू अघि सारेका छन् ।

जगदम्बा फुड्सद्वारा उत्पादित मिहो चाउचाउले ‘अब नेपाल हुन्छ वल्र्डकप’ मा नामको योजना ल्याएको छ  । चाउचाउका प्याकेटभित्र ११ वटा गोल्डेन टिकट राखिएको र त्यो प्राप्त गर्नेले वल्र्डकप हेर्न दक्षिण अफ्रिका जाने हवाई टिकट पाउने कम्पनीले बताएको छ । यसका अतिरिक्त यो योजनामा ब्रासलेट, ब्याज, क्रेजी बल्स, नाडी घडी, भित्तेघडी, टावेल, वालेट पेन्सिल बक्स, फुटबल स्टिकर तथा ट्याटुहरू राखिएका छन् ।

विश्वकपलाई आधार मानेर अन्य कम्पनीहरूद्वारा अहिलेसम्म सार्वजनिक गरिएका योजनाभन्दा मिहीले ठूलो र आकर्षक योजना ल्याएको छ । मुलुकको खेलकुद क्षेत्रको विकासका लािग यस्ता अभियान आवश्यक रहेको र आफ्ना ग्राहकहरूलाई अवसर प्रदान गर्नका निम्ति पनि यस्तो योजना ल्याउनु स्वाभाविक भएको मिहीका ब्रान्ड व्यवस्थापक प्रेरणा चौधरी बताउँछिन् ।

यस्तै बोटलर्स नेपालले ‘कोकाकोला फुटबल महाउत्सव’ योजना अघि सारेको छ । यस योजनामा ४ जनालाई पुरस्कृत गरिनेछ र विजेताले दक्षिण अफ्रिकाको हवाई टिकट प्राप्त गर्नेछन् । डाबर नेपालको उत्पादन रियल फ्रुट जुसले विश्वकपको समयलाई दृष्टिगत गरी नयाँ योजना ल्याएको असिस्टेन्ट प्रडक्ट म्यानेजर कश्यप शाक्यले बर्ता । ‘स्कोर द गोल’ नाम दिइएको यो योजना ३ महिनासम्म चल्ने कम्पनीले बताएको छ ।

वर्ष ५, अंक ३३, २०६७, वैशाख ६–१२

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्