ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१२ करोड बराबरका दमकल र प्रहरी भ्यान हस्तान्तरण

२०७७ असोज, ३०  
प्रदेश ०१
NA

मोरङ । प्रदेश नं १ सरकारले विपद्को बेला उद्धार कार्यमा प्रयोग गर्न रू. ११ करोड ९५ लाख ४७ हजार मूल्य बराबरका दमकल र प्रहरी भ्यान स्थानीय तहलाई उपलब्ध गराएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रहरी कार्यालय विराटनगरमा बिहीवार आयोजित कार्यक्रममा प्रदेशका ११ जिल्लाका ११ स्थानीय तहलाई ११ थान दमकल र १४ थान प्रहरी भ्यान हस्तान्तरण गरे । आन्तरिक मामिला तथा कानून मन्त्रालयको वार्षिक योजना अन्तर्गत प्रदेशका १४ मध्ये ११ स्थानीय तहमा एक/एकओटा एकीकृत सेवा केन्द्र स्थापना गर्न उक्त सवारीसाधन उपलव्ध गराइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिए । मन्त्रालयले केही महीनाभित्रै ती सेवा केन्द्रका लागि थप एक÷एक थान एम्बुलेन्स पनि उपलब्ध गराउन लागेको संयोजक खनालले बताए । मुख्यमन्त्री राईले संघीयताका कारण सरकारले दुर्गम क्षेत्रका जनताको शान्ति सुरक्षाका लागि कार्य गर्न सफल भएको बताए । उनले कोरोना महामारी जस्तो विपद्को समयममा जनतालाई सेवा सुविधा र उनीहरूका हितका लागि कार्य गर्न दत्तचितका साथ कार्य गरिरहेको धारणा राख्दै संघीयताका कारण जनतालाई उनीहरूको अधिकार विनियोजन गर्न सकिएको बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्