ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सेती नदी जलविद्युत् आयोजनामा साढे ३ अर्ब लगानी जुट्यो

२०७७ असोज, ३०  
गण्डकी प्रदेश
NA

काठमाडौं (अस) । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनामा साढे ३ अर्ब रुपैयाँ लगानी जुटेको छ । एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण उक्त लगानी लगानी गर्ने भएका हुन् ।

भिजन लुम्बिनी ऊर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रवद्र्धित यो आयोजनाको लागत करीब ५ अर्ब रुपैयाँ छ । त्यसमध्ये यी तीन वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति बिहीवार आयोजित भिडियो कन्र्फेन्स मार्फत भएको कम्पनीले जानकारी दिएको छ ।

आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुने बताइएको छ । विगत ९ महीनादेखि निर्माणको काम भइरहेको आयोजना आगामी २० महीनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । नमूना जलविद्युत् परियोजनाको रूपमा स्थापित हुनेगरी समयमै सम्पन्न गरिने प्रतिबद्वता उनले व्यक्त गरे ।

२५ मेगावाट क्षमताको उक्त आयोजनाको सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले गर्दै आएको छ । आयोजनाबाट उत्पादित विद्युत् कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सब–स्टेशनमा जोडिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्