ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ट्राफिक महाशाखाको काम अनलाइनमार्फत भएपछि सेवाग्राहीलाई सहज

२०७७ असोज, ३०  
वाग्मती प्रदेश
Image Not Found

काठमाडौं । काठमाडौं उपत्यकामा कुनै सवारीसाधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफै उपस्थित भएर निवेदन दिनुपर्ने झन्झट हटेको छ । नागरिकले हराएका कागजात र सवारीसाधन सम्बन्धी निवेदन अनलाइनबाटै दिन सक्नेछन् । महाशाखाका काम अनलाइनबाट हुन थालेपछि सर्वसाधारणलाई ठूलो राहत मिलेको छ ।

विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको संक्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगमा जोड दिएको पाइएको छ । कार्यालयमा भीडभाड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी प्रविधिमा जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताए ।

हराएका कागजात र सवारीसाधनबारे अनलाइनमार्फत निवेदन दिन सकिने गरी यही असोजमा नयाँ सफ्टवेयरको विकास गरिएको हो । यसका लागि महाशाखाको वेबसाइट तचबााष्अ।लभउबउियष्अिभ।नयख।लउ मा गएर अनलाइन एप्लिकेशनमा क्लिक गर्नुपर्नेछ । त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेशन’ र ‘लस्ट भेइकल एप्लिकेशन’ गरी दुईओटा अप्सन देखिनेछ । आफ्नो समस्याको आधारमा एउटा अप्सन छनोट गरी त्यसमा क्लिक गरेर निवेदन दिन सकिने महाशाखाअन्तर्गत कम्प्युटर शाखाका प्रहरी निरीक्षक सुरेशकुमार थापाले जानकारी दिए ।

उनका अनुसार अनलाइन प्रणालीको अनुगमन र रेखदेखमा कम्प्युटर एडमिन शाखाले काम गर्नेछ । त्यही शाखामार्फत गुनासोकर्तालाई सूचना सम्प्रेषण हुन्छ । फेला परेपछि अनलाइनबाटै सूचना पुग्ने गरी सफ्टवेयरको विकास गरिएको छ ।

यही असोज ५ गते हराएका सवारीचालक अनुमतिपत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्रको सिफारिशको निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्थाको थालनी गरिएको र असोज १८ देखि भने हराएका सवारीको पनि अनलाइनबाटै निवेदन दिन सकिने गरी सफ्टवेयरको प्रयोग शुरू भएको छ । महाशाखाका अनुसार झण्डै १५ दिनको अवधिमा अनलाइनबाट १ हजार ५१२ ओटा निवेदन प्राप्त भइसकेको छ ।

महाशाखाले प्रविधिलाई जोड दिँदै ट्राफिक व्यवस्थापन सम्बन्धी अन्य विभिन्न गतिविधि अघि बढाएको थियो । काठमाडौं उपत्यकाका २४ स्थानमा वर्षौंदेखि बिग्रिएका ट्राफिक बत्ती महाशाखाकै समन्वयमा सञ्चालनमा ल्याइएपछि सवारी आवागमनमा सहज बनाएको छ ।

महाशाखाले ‘स्मार्ट कार्ड रिडर मेशिन’को प्रयोग गरी सवारी चालक अनुमतिपत्रको पनि जाँच गरिरहेको छ । महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन र ट्राफिक नियम उल्लंघन गरेबापतको कसूरमा कारबाहीका लागि खिचिएका कागजपत्रको अभिलेख व्यवस्थापनमा ‘ट्राफिक भाइलेन्स रेकर्ड सिष्टम’ गत फागुनदेखि प्रयोगमा ल्याइएको छ ।
काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनाको अभिलेखीकरण गर्न महाशाखालगायत मातहतका ३३ कार्यालयमा सवारी दुर्घटनासम्बन्धी सूचना व्यवस्थापन प्रणालीको प्रयोगलाई तीव्र पारिएको छ । महाशाखाले विद्युतीय भुक्तानी प्रणालीका साथै विभिन्न सचेतनामूलक श्रव्यदृश्य सामग्री बनाउने प्रक्रिया अघि बढाएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्