ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

संकटको घडीमा सही सूचना सम्प्रेषण गर्न नवनियुक्त सञ्चारमन्त्रीको आग्रह

२०७७ असोज, ३०  
समाचार
Image Not Found

काठमाडौं (अस) । हाल विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को संकटको घडीमा सही सूचना सम्प्रेषण गरिदिन नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । बिहीवार मन्त्रालयमा आप्mनो पद बहाली गर्दै मन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् ।

सूचना प्रवाह सही भएन भने समाजमा द्वन्द्व, अनुशासनहीनता र अराजकता बढ्ने हुँदा साथै सञ्चार क्षेत्रको सकारात्मक भूमिका र गुणस्तरीय सेवाबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य साकार पार्न सम्भव हुने उनले बताए । यसका लागि सम्बद्ध सबैमा सहयोग र साथका लागि समेत उनले आह्वान गरे ।

पदभार ग्रहण एवम् स्वागत समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सबैको सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहने बताए । मन्त्रालय सम्बद्ध १८ ओटा निकायले तोकिएको जिम्मेवारी असल परम्परा, संस्कार र अभ्यासका आधारमा वहन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्री गुरुङलाई स्वागत गरेका थिए । मन्त्रालयले कुशल र शीतल नेतृत्व प्राप्त गरेको भन्दै उनले सूचना प्रविधिको क्षेत्रमा आमूल परिवर्तन गरी राष्ट्रिय उद्देश्य र लक्ष्य साकार पार्न मन्त्री गुरुङको महŒवपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्