ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

क्लिन फिड लागू गर्न सरकारको निर्देशनको मिडिया संघसंगठनद्वारा स्वागत

२०७७ असोज, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कात्तिक ७ गतेदेखि नेपालमा प्रसारित विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू गर्न सरकारद्वारा बुधवार जारी निर्देशनको सञ्चारमाध्यम सम्बद्ध विभिन्न संघसंगठनले स्वागत गरेका छन् । यस सम्बन्धमा सरोकारवाला पक्षलाई सञ्चार तथा सूचना मन्त्रालयद्वारा जारी गरिएको निर्देशनको नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिकङ एशोसिएशन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक संघ (अक्यु¥याब), नेपाल पत्रकार महासंघ लगायत संस्थाहरूले बिहीवार संयुक्त विज्ञप्तिमार्फत स्वागत गरेका हुन् ।

विगत धेरै वर्षदेखि सञ्चारसम्बन्धी विभिन्न संघसंस्थाले सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आएका थिए । यसै सन्दर्भमा नेपाल सरकार, मन्त्रिरिषद्ले २०७३ साउन ७ गते नेपालमा प्रसारित विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो । यद्यपि विभिन्न कारणले तत्काल यो लागू हुन सकेको थिएन । ‘तर वर्तमान सरकार बनेपछि हाम्रो विशेष पहल र सरकारको तदारुकतामा विज्ञापन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा क्लिन फिड नीति लागू गर्ने स्पष्ट कानूनी व्यवस्था गरेकोमा नेपाल मिडिया सोसाइटी, अक्यु¥याब, बान लगायत मिडिया सम्बन्धी संघसंस्थाले स्वागत गरेको स्मरण गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘क्लिन फिड नीति आगामी कात्तिक ७ गतेदेखि बाध्यकारी रूपमा लागू गर्नैपर्ने निर्देशन जारी हुनु सुखद क्षण हो ।’

स्वदेशी उत्पादन तथा उद्योगको प्रवर्द्धन एवं विस्तारमा समेत उक्त नीतिले सघाउने विश्वास सम्बद्ध संघसंस्थाले गरेका छन् । साथै अब उक्त ऐनको कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन आवश्यक भएको औंल्याइएको छ । सरोकारवाला संस्थाहरूसँग परामर्श लिएर विज्ञापन विधेयकमा रहेका कतिपय अस्पष्टतालाई विज्ञापन नियमावलीमार्फत स्पष्ट पार्नुपर्नेमा उक्त संस्थाहरूले जोड दिएका छन् । ‘संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको उपभोक्ता अधिकार, व्यापार, व्यवसायमा स्वस्थ प्रतिस्पर्धा गर्न पाउनुपर्ने हक तथा देशको राजस्व वृद्धि जस्ता कुरामा अझ बढी जोड दिन आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्