ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोस्रो चरणको चक्रपथ विस्तार : एमओयूको अढाइ वर्षपछि साइट क्लियर गर्न पहल

२०७७ असोज, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल सरकार र चिनियाँ पक्षबीच चक्रपथको कलंकी–धोबीखोला (चाबहिल) खण्ड विस्तारका लागि समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको साढे २ वर्षपछि साइट क्लियर गर्न समयसीमा (टाइमलाइन) तोकिएको छ ।

दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत यो खण्डको सडक ८ लेनमा विस्तार गर्न २०७६ फागुनमा सडक विभाग र चिनियाँ पक्षबीच समझदारी भएको थियो ।

सडक विभागअन्तर्गतको काठमाडौं चक्रपथ सुधार आयोजनाले कात्तिकदेखि पुस मसान्तभित्रमा उक्त रूटमा पर्ने सबै खाले संरचनाहरू हटाएर साइट क्लियर गर्ने भएको हो । यस्तै, प्राधिकरणबाट विगतमा भएका प्रतिबद्धताअनुसार कात्तिक मसान्तसम्ममा सम्पूर्ण पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सम्पन्न गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

प्राधिकरणलाई पुस मसान्तसम्म अनिवार्य रूपमा कारखाना चोक र सानोभर्‍याङका हाइ भोल्टेज टावरहरू स्थानान्तरण गर्न मन्त्रालयले आग्रह गरेको छ । सोही रूटमा पर्ने स्वयम्भूस्थित चैत्य पनि कात्तिक मसान्तभित्र हटाउन काठमाडौं महानगरपालिकासँग समन्वय गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । सोही अवधिमै नयाँ बसपार्कको आकाशे पुल भत्काइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्बद्ध वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोक, महाराजगञ्जको २४४ मीटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन पनि कात्तिक मसान्तभित्र सम्पन्न गर्न समय तोकिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्