ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ५ लाख ९० हजारभन्दा बढीको हात खाली

२०७७ असोज, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३०, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको आईपीओ शुक्रवार बाँडफाँड गरेको छ।

शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा विहान भएको बाँडफाँडमा २ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर हात पारेका छन् भने ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खालि भएको छ।

कम्पनीको आईपीओमा ८ लाख ६६ हजार ९०५ जना आवेदकले १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता खरीदको लागि आवेदन दिएका थिए । विक्री प्रबन्धकका अनुसार ३ हजार ३६० जनाको आवेदन भने रद्द भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । 

कम्पनीले असोज २१ देखि २५ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत शेयर विक्री गरेको हो । 

उक्त कम्पनीको आईपीओमा हालसम्मकै बढी आवेदन परेको थियो । हाल रू. ७० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्री पश्चात चुक्तापूँजी रू. १ अर्ब पुग्नेछ । उक्त कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३९ रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्