ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शिवम् सिमेन्ट्सले कात्तिक २४ गते बोलायो साधारण सभा, २४.२१ % नगद लाभांश पारित गर्ने 

२०७७ असोज, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३०, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले कात्तिक २४ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । असोज २९ गते लाभांश प्रस्ताव सार्वजनिक गरेको शिवम् सिमेन्टले असोज ३० गते साधारण सभाको मिति सार्वजनिक गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को लागि २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव बिहीवार सार्वजनिक गरेको थियो । लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न उक्त कम्पनीले साधारण सभा गर्न लागेको हो ।

कम्पनीको कर्पोरेट कार्यालय, अनामनगर, काठमाडौंमा विहान ११ बजे सभा शुरु हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । सभाले प्रस्तावित नगद लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसमेत गर्नेछ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेकाले कात्तिक १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सभामा शेयरधनीहरुलाई जुमप्रविधि मार्फत सहभागी गराइने पनि कम्पनीले बताएको छ ।
कम्पनीको चुक्तापूँजी हाल रू.४ अर्ब ४० करोड रहेको छ ।

सोहि पूँजीको आधारमा कम्पनीले २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिन लागेको हो । उक्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ अर्ब ५ करोड ८४ लाख २९ हजार खुद नाफा गरेको थियो ।

उक्त कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू.२४ दशमलव शून्य ६ र प्रतिशेयर नेटवर्थ रू. २०३ दशमलव ४३ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्