ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामी विक्री खुला

२०७७ असोज, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३०, काठमाडौं । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर शुक्रवारदेखि लिलामीमा विक्री खुला भएको छ ।

कम्पनीले ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो । प्रतिकित्ता रू. १ हजार ९७५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

लिलामीमा शेयर खरीद गर्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन गर्न पाउने छन् । लिलामीमा शेयरमा कात्तिक १४ गतेसम्म आवेदन गर्न सक्नेछन्  ।

लगानीकर्ताले शेयर खरीदकोलागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन गर्न सक्नेछन् । 

लिलामी शेयर खरीदको लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नक्साल र प्रिमियर इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयबाट आवेदन गर्नसक्ने छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्