ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चौथो त्रैमासमा पनि सोल्टी होटलको नाफा ६४ % घट्यो

२०७७ असोज, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३०, काठमाडौं । सोल्टी होटलले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल शुक्रवार प्रकाशित गरेको  छ ।

प्रकाशित वित्तीय विवरण अनुसार उक्त कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६४ प्रतिशत कमि आएको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. २९ करोड ९० लाख नाफा कमाएकोमा गत आवको चौथो त्रैमासमा रू.१० करोड ५७ लाखमा सीमित भएको हो ।

 विश्वव्यापी कारोना महामारीका कारण गत चैत महीनादेखि नेपालमा लकडाउन रहकाले सम्पूर्ण ब्यवसायिक गतिविधिहरु पूर्णरुपमा बन्द रहेकाले प्रत्यक्ष असर  होटलको आम्दानीमा परेसँगै नाफा घटेको वित्तीय विवरणमा उल्लेख छ । 

कोरोना महामारीका कारण नेपालको पर्यटन उद्योग पूर्णतः प्रभावित रहेको छ । यस पछि चालू आवको २०७७/ ७८ को प्रथम त्रैमासिक अवधिमा पनि प्रभावित हुने र अस्थीर रहने होटलले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

कम्पनीको  चुक्तापूँजी रू. ८४ करोड २५ लाख रहेको छ भने जगेडा कोषमा रू. ८० करोड ८ लाख छुट्याइएको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी रू.१ दशमलव २५, मूल्य आम्दानी अनुपात १२२ दशमलव ७२ र प्रतिशेयर नेटवर्थ रू. १९ दशमलव ५९ रहेको छ । 
बिहीवार कम्पनीको कारोबार  प्रतिकित्ता रू. १८५ मा भएको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्