ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शेयर बजारमा सातामा थपियो ४ ओटा कम्पनीको २ करोडभन्दा बढी शेयर

२०७७ असोज, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज ३०, काठमाडौं । गत एक सातामा नेपाल स्टक एक्सचेञज(नेप्से) मा ४ ओटा कम्पनीको शेयर सूचीकृत भएको छ ।  

चार ओटा कम्पनीको कुल २ करोड ६ लाख ४१ हजार ३८४ दशमलव ४३ कित्ता शेयर पूँजी बजारमा थपिएको हो ।

चार ओटा कम्पनीमध्ये दूई ओटा लघुवित्त कम्पनी, एउटा बाणिज्य बैंक र एउटा बीमा कम्पनीको शेयर सूचीकृत भएको हो । जसमध्ये मध्ये तीन ओटा कम्पनीको बोनस शेयर र एउटा कम्पनीको आईपीओ सूचीकृत भएको हो ।

एनएमबि लघुवित्त वित्तीय संस्थाको ४ लाख ८६ हजार १८ दशमलव ७५ कित्ता बोनस शेयर, हिमालयन बैंकको ८५ लाख २० हजार २५५ दशमलव ८४, स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १६ लाख ३५ हजार १०९ दशमलव ८४ कित्ता बोनस शेयर र जनरल इन्स्योरेन्स कम्पनी नेपालको १ करोड कित्ता आईपीओ सूचीकृत भएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्