ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने        

२०७७ असोज, ३०  
बजार
Image Not Found

असोज ३०, काठमाडौं  । नागरिक लगानी कोषले रू. १२ अर्ब ५६ करोड ३ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले शुक्रवार एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको बताएको हो ।     
     
 नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले बताएको छ । कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।     
     
 कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्